नियम ५
मुख्य निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मुख्य निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) निर्वाचनको लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीबाट ऐनको दफा १० को उपदफा (४) बमोजिमका कर्मचारी तथा शिक्षकको विवरण माग गर्ने,
(ख) खण्ड (क) बमोजिम विवरण प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी, सम्बन्धित निर्वाचन अधिकृत तथा निर्वाचन अधिकारीसँग समन्वय गरी निर्वाचनको लागि आवश्यक पर्ने कर्मचारी तथा शिक्षकको नामावली सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउने,
(ग) निर्वाचन सम्पन्न भएपछि जिल्लाभित्रका निर्वाचन अधिकृतहरूबाट प्राप्त प्रतिवेदनको आधारमा एकमुष्ट प्रतिवेदन तयार गरी आयोग समक्ष पेश गर्ने,
(घ) जिल्लाभित्रका निर्वाचन सम्बन्धी कामको सुपरिवेक्षण र समन्वयको लागि आयोगले तोकेबमोजिमका अन्य काम गर्ने ।